सीपमूलक काम र कलाको प्रर्बद्धन हुने गरी संस्कृति ऐन ल्याउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले दलित समुदायलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने बताएकी छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अयोजना गरेको ‘दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गेना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास’सम्बन्धमा राज्यको भुमिका विषयक कार्यशालामा शुक्रबार राज्यमन्त्री सिर्पालीले समुदायको सीप र कलाको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले दलित समुदायले गर्दै आएको कलात्मक सीपमुलक कामको विकास गर्नुपर्नेमा जोड दिँदै राज्यका नीती परिर्तन गरेर भए पनि सीप,कला र ज्ञानलाई उत्पादनमुलक काममा प्रयोग गर्ने मन्त्रालयले काम गरिरहेको जिकीर गरिन ।
कार्यशालामा प्राध्यापक डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गरेका थिए ।

तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेको मन्त्रालयका संस्कृति महाशाखाका प्रमुख सुरज शरस क्षेष्ठले जानकारी दिए ।दलित समुदायले गर्दै आएको सीपमूलक काम र कलाको प्रर्बद्धनका लागि राज्यका ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको श्रेष्ठको भनाई थियो ।

संविधानमा दलित समुदायलाई विभेद नगरे पनि सामाजिक विभेदको अन्त्य हुन नसकेको कार्यशालाको निचोड थियो ।दलित समुदायको आर्थिक स्तर नउठदा सम्म उनीहरुका सीप र कलाहरुको समेत व्यावसायीकराण हुन नसक्ने भनाई राज्यमन्त्री सिर्पालीको छ ।कार्यशालामा सहभागिहरुले संघीयता आएको लामो समय सम्म पनि दलितहरु माथि हुने विभेद कम नभएको भन्दै राज्यले यसलाई गम्भिरताका साथ लिनुपर्ने आवाज उठाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१