क्यानडाले दियो २ सय ३३ रनको लक्ष्य

  • हुलाक सञ्चार
  • काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ ।

    टीयु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर व्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २३२ रनमा समेटियो ।

    तेस्रो खेलमा डेब्यु पाएका हेमन्त धामीले आफ्नो सानदार डेब्यु विकेट दर्ज गराए । धामीले सर्वाधिक ३ विकेट लिए ।

    यस्तै कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले एक–एक विकेट लिए ।

    क्यानडाका लागि नभनीत धलिवाल ५०, हर्ष ठकेरले २७ रन जोड्दा आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२ र निकोलस किर्तोन ३ रन बनाएर आउट भएका थिए ।

    नेपालले आजको खेलमा आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई बेन्चमा राखेको छ ।

    इनिङको ओपनिङ कुशल भुर्तेल र अनिल कुमार शाहले गर्नेछन् ।

    © 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७