
नेपालगञ्ज । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्य तथा समन्वयमा उद्योग ब्यबसायीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष श्री टंक बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्र्तगत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा कार्य गरिरहेको बताउनुभएको थियो । केन्द्रका विभिन्न कार्यक्रमहरुको चर्चा गर्दै ऊर्जामा लगानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रको साथै नीजि क्षेत्रको समेत सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्वन उत्र्सजनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा सोलार रुफटप प्रविधि महत्वपूर्ण हुने भन्दै नवीकरणिय ऊर्जा अनुदान नीति २०७८, अनुदान परिचालन कार्यविधि २०७९ तथा केन्द्रिय ऊर्जा कोष अन्र्तगत रहेको दिगो ऊर्जा च्यालेन्ज फण्डको बारेमा समेत उद्योग तथा ब्यवसायीहरुलाई प्रष्ट बताउनुभएको थियो ।
सोहि कार्यक्रममा केन्द्रका सौर्य शाखा प्रमुख श्री डा. लक्ष्मण प्रसाद घिमिरेले केन्द्रले प्रर्वद्घन गरिरहेको सौर्य प्रणालीहरुसँग सम्वन्धित कार्यक्रमहरु बारे चर्चा गर्दै डि.के.टि.आई. सोलार आयोजनाको सक्षिंप्त जानकारीका साथ सोलार रुफटप कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । उँहाले नवीकरणिय ऊर्जा नीतिमा रहेको प्रावधान र सोलार रुफटप जडान गर्नको लागि कुनै उद्योग ब्यबसायी आफैंले वा ईनर्जी सर्भिस कम्पनीले ऋण लिएमा उक्त ऋण रकमको ब्याजदरमा पचास प्रतिशत सम्म अनुदान ५ वर्षसम्म दिईने कुराको जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा सोलार रुफटपको आवेदन प्रक्रिया, प्राविधिक तथा आर्थिक पक्ष एवं वातावरणीय र सामाजिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत भएका थिए ।
कार्यक्रमको अध्यक्ष श्री टंक बहादुर धामीले यस प्रकारको जानकारीमूलक कार्यक्रम सञ्चालनले सोलार रुफटफको प्रवद्र्घनमा सहज हुन जाने भन्दै भविष्यमा थप घनिभुत छलफलको आवश्यकता औंल्याउनुका साथै यस क्षेत्रमा सोलार रुफटप प्रविधि जडान गर्न ब्यवसायीहरुलाई आग्रह गर्दै कार्यक्रम समापन भएको थियो ।