यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • हुलाक सञ्चार
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।

    बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो ।

    त्यस्तै, शुक्रबारका लागि यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ । बिहीबार खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँले कारोबार भएको थियो ।

    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ रहेको थियो ।

    आज कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ ।

     

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१