तीनसल्ली भगवती मन्दिरको शिलान्यास आज

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिका २ मा रहेको धार्मिकस्थल तीनसल्ली भगवती मन्दिरको पुनःनिर्माण हुने भएको छ । मालारानी गाउँपालिका वडा नं. २ गर्छामा अवस्थित तीनसल्ली भगवती मन्दिरको पुनः निर्माण तीनसल्ली युवा क्लबको सक्रियतामा हुने भएको छ ।

मन्दिर निर्माणको लागि बुधबार बिहान ११ बजे शिलान्यास गरिएको मन्दिर निर्माणका संस्थापक सदस्य खुम जङ्ग बहादुर कुँवरले बताए । निर्माणमा मालारानि २, गर्छाका आसपासका गाउँ र गुल्मीको धुर्काेट गाउँपालिका १ खालचौरको योगदान रहेको छ ।

निर्माण समितिमा अध्यक्ष अर्जुन कुँवर, उपाध्यक्ष बुद्धिराम खत्री, सचिव शिवलाल कुँवर, सहसचिव ओम प्रकाश बन्जाडे, कोषाध्यक्ष लिल बहादुर पाण्डे, सदस्य हेमराज भुसाल, शिवलाल बन्जाडे, प्रेम बहादुर पछाई, मधु कुँवर, तेज बहादुर पाण्डे, चिन्तामणी आचार्य, युवराज कुँवर, गिरिजा कुँवर, सल्लाहकार समिति संयोजक टोमलाल बन्जाडे, दिलीप जिसी, टिकाराम आचार्य, टोम नारायण भुसाल, मिना कुँवर, खुम बहादुर कुँवर क्षेत्री, रोशन पाण्डे, दिनेश कुँवर, थान बहादुर कुँवर रहेका छन ।

त्यस्तै मन्दिर संरक्षक समिति संयोजक योगेन्द्रनाथ भुसाल, गंगा बहादुर पाण्डे, प्रेम बहादुर खड्‌का, शालिकराम कुँवर, तिल बहादुर पाण्डे, शशिधर थापा, यम बहादुर कुँवर, भोज बहादुर कुँवरलगायतको टिमद्वारा निर्माण गरी रकमको स्रोत सहयोगी दाताहरुबाट संकलन गर्ने पनि निर्णय गरिएको तीनसल्ली युवा क्लबका संस्थापक सदस्य खुम जङ्ग बहादुर कुँवरले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१