• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईसँग नेपाल ६ विकेटले पराजित

  • २०८१ वैशाख ७, शुक्रबार १५:३९

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो हो ।

नेपालले केवल एक सय २० रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन बनाएको हो ।

यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ । शुक्रबारको हारबाट नेपालले आगामी वर्ष हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि गुमाएको छ ।

योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको हो । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ ।

गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।

 

  • २०८१ वैशाख ७, शुक्रबार १५:३९