संकट उन्मुख छ एनआइसी एसिया बैंक ? तीन महिनामा ४३ अर्ब बचत झिके, ५२ प्रतिशतले घट्यो नाफा

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ सुन्दा एनआइसी एशिया बैंक ग्राहकको एक मात्र विश्वासिलो बैंक हो जहाँ विश्वासका साथ आफ्नो कारोबार गर्न सकिन्छ भन्ने आभाष हुन्छ होला तर पछिल्लो समयमा न एनआइसी एशिया बैंकले सेवाग्राहीलाइ साथी सम्झिन्छ, न त सेवाग्राहीले नै । विगत केहि समयदेखि एनआइसी एसिया बैंक डुब्दै छ भन्ने बजार हल्ला र ठिकठाक छौँ भन्ने एनआइसी एसिया बैंकको दाबी सुन्दै आईरहेका छौँ। तर राष्ट्रबैंकले निकालेको सूचकलाई आधार मान्ने हो भने एनआइसी एसिया बैंकको गिर्दो अवस्था प्रस्ट देख्न सकिन्छ।

बचत संकलनका लागि विभिन्न हल्लाले बजार पिटेपनि एनआइसी बैंकमा सर्वसाधारण देखि संस्थागत बचतकर्ता थपिएका छैनन बरु उल्टै एनआइसी एशिया बैंकबाट बचतकर्ताले पुसदेखि फागुनको अवधिमा मात्रै १६ अर्ब ४३ कारोड रकम निकालेका छन् भने मुद्दती खाताबाट २७ अर्ब ८५ करोड रुपैयाँ निकालीसकेका छन्।

देशभरिकै सैयौं कार्यालयमा बचतकर्ता ग्राहकहरु दिनानुदिन बचत डुब्ने चिन्ताले बैंक धाउन थालेपछि बैंक सम्बद्द उच्च अधिकारी सहित कर्मचारी बचतकर्तालाई थामथुम गर्न भगिरथ प्रयासरत छन तर बचतकर्तालाई लाग्यो त लाग्यो जति सुकै कन्भिन्सको प्रयास गरेपनि बचतकर्ता बिश्वस्त हुन् सकेनन पछिल्लो तिन महिनामै झन्डै ४३ अर्ब रुपैयाँ बचत ग्राहकले झिकीसकेका छन ।

हालसालै बैंकद्वारा सार्वजनिक चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार एनआइसी एसिया बैंकमा अर्को संकट र समस्यामा देखिएको छ । प्रकाशित प्रतिवेदन अनुसार बैंकको नाफामा झन्डै ५२.३१ प्रतिशतले गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले ४ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा कमाएको एनआइसी एशिया बैंकले चालु वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ३१ प्रतिशतले कम हो ।

यी दुई सूचकको अलावा एनआईसी एसिया बैंकको गिर्दो अवस्था देखिने अर्को सूचक हो दोश्रो बजारमा शेयरको मुल्य, झन्डै १ बर्ष अघि ९०० रुपैयाँ प्रतिकित्ता मुल्यमा बिक्रि हुने एनआईसी एसिया बैंकको भ्यालु आज ६०० रुपियाँ भन्दा बढी घटेर झन्डै ३०० को आसपास आईपुगेपछि दोश्रो बजारमा समेत एनआईसी एसिया बैंक संकटमा देखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१