काठमाडौंका ६० जना जेष्ठ नागरिक शैलुङ भ्रमणमा

काठमाडौं । काठमाडौं वडा नम्बर ३१ का ६० जना जेष्ठ नागरिक शैलुङ भ्रमणतर्फ लागेका छन् । समाजसेवी शोभित उप्रेतीको पहलमा जेष्ठ नागरिकलाइ दुइ दिने भ्रमण (शुक्रबार देखि शनिबार) मा लगिएको हो । भ्रमणमा उनीहरुले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने समाजसेवी शोभित उप्रेतीले बताएका छन् ।

शैलुङ भ्रमणमा जान पाउँदा जेष्ठ नागरिकहरुले प्रसन्नता व्यक्त गरेका छन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौं फर्कने समाजसेवी उप्रेतीले बताए ।

शैलुङ दोलाखाको मात्रै नभइ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनशहन, कला परम्परा र त्यस क्षेत्रका वासिन्दाको सकृयताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भैरहेको छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानबाट शैलुङ भ्रमण गर्नेहरूको संख्या बढ्दो छ। यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम समाजसेवी रहेकाछन् ।

समाजसेवी उप्रेतीका अनुसार, ‘पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेका छन् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१