
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेकी पूर्व सचेतक एवं सांसद शान्ता चौधरी स्नातक तह पहिलो वर्षको परिक्षामा फेल भएकी छिन् ।
बिहिवार सार्वजनिक गरिएको स्नातक तह पहिलो वर्षको परिक्षामा फेल भएको कुरा उनले आफ्नो फेसबुक पेजबाट सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘‘लौ जा यो पटक चाहि ब्याचलर फर्स्ट इअर मै फेल भैयो है । बुढेसकालको पढाइन पर्यो । केहि छैन लडेर फेरि उठने छु । यसरि नै हिम्मत गरेर अगाडि बढनहुन अनुरोध गरे मैले म संग फेलहुने मेरा प्यारा शाथिहरु लाइ । बधाइ तथा शुभकामना छ पासहुने मेरा सम्पुर्ण शाथिहरुलाइ। English र RD यो दुइवटा बिषयले दिमाक खराब गरो ।’’
उनले उक्त पोष्टमार्फत आफ्नो भाव दर्शाउदा कतिपयले नकारात्क कमेन्ट समेत गरेका छन् । तर उनले सकारात्मक तरिकाले कमेन्टको रिप्लाई समेत गरेकी छिन्। यो भिडियो हेरिरहँदा शान्ता चौधरीको बारेमा कतिलाई थाहा नहुनसक्छ । आजको यो भिडियो शान्ता चौधरीको बारेमा । हेरेर प्रतिक्रिया दिनुहोला ।
शान्ता चौधरी ! नेपालकी समाजसेवी तथा राजनीतिकर्मी रुपमा परिचित छन् । नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी चौधरी नेपालको पहिलो संविधानसभामा सदस्य थिइन् ।
दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय थिइन् । सानै उमेरदेखि औपचारिक शिक्षा लिन नपाएकी चौधरीले सांसदसम्मको यात्रा तय गर्न धेरै दुःख र सङ्घर्ष गर्नुपर्यो ।
कम्हलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिइन् । २ सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख र पीडा झेलेर आफ्नो पहिचान बनाउन सफल भइन् । सामान्य लेखपढ गर्नसक्ने चौधरीले २०७५ सालको एसईई, यसैगरि २०७८ सालमा कक्षा १२ को परिक्षा पास गरिन् ।
सामाजिक हितका कार्यमा रुचि राख्ने सभासद चौधरी राष्ट्रिय भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रसँग आबद्ध हुनुहुन्छ । कमलरी मुक्ति आन्दोलन र भुमिहीन आन्दोलनमा उनले निकै सक्रिय भुमिका निर्वाह गरिन् । अहिले उनी अचार व्यवसाय रुपमा पनि निकै चर्चित छिन् ।
उनी अहिले काटेश्वरस्थित हिमालय कलेजबाट स्नातक तहमा अध्ययन गरिरेकी छिन् ।