चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे।
नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए।
