लघुवित्तबारे फैलाइएका भ्रममा ब्रेक, सुधारको सुचकमा लघुवित्त : अध्यक्ष पोखरेल(भिडियो सहित)

काठमाडौं । माइक्रोफाइनान्स लघुवित्त सुधारको सुचकमा रहेको छ । माइक्रोफाइनान्स एसोसिएसन नेपाल र लघुवित्तका सेवाग्राहीको विषयमा यो भन्दा अगाडि फैलाइएका भ्रमित समाचार सत्य नभएको नेपाल लघुवित्त संघका अध्यक्ष जगत पोखरेलले बताएका छन् ।

हुलाक सञ्चारसगँ गरिएको अन्तवार्तामा बोल्दै अध्यक्ष पोखरेलले भने, ‘माइक्रोफाइनान्स लघुवित्तको विषयमा जसरी पहिला कुरा उठ्यो, जसरी अहिले कुरा उठ्दैछ सुधारको बाटोमा गएको छ माइक्रोफाइनान्स ।’ केहि साथीले माइक्रोफाइनान्सको विषयमा कुरा उठाए, जुन कुरा उठाउनु भयो त्यो कुरा ठिक नभएको सम्बन्धित साथीहरुले बुझेको उनले बताए ।

उनले भने, माइक्रोफाइनान्स र लघुवित्तका ग्राहकहरुको विषयमा अध्ययन गर्दा माइक्रोफाइनान्स ठिक रहेछ हामीलाइ उचालियो भन्ने पनि सुनियो । लघुवित्तमाथि भएको आक्रमणमा सुधार देखिएको उनले बताए । सेवाग्राहीलाई गलत सुचना दिने र भ्रम फैलाउनेलाई सरकारले नियमन र कारवाही गर्नु जरुरी रहेको बताए ।

उनले भने, ‘सेवाग्राहीले सेवा लिएका महिलाहरु, भुँइमान्छेहरु र आधारभुत बस्तीका महिलाहरुले अहिले माइक्रोफाइनान्स राम्रो रहेछ । यसलाइ राम्रो गर्नुपर्छ । पैसा लेनदेन गर्नुपर्छ भन्ने आवाज हामीले पाएका छौँ ।’

माइक्रोफाइनान्सभित्र रहेका विकृति, विसङ्गतीहरु सुधार्न नेपाल लघुवित्त संघले तयारी थालीसकेको उनले बताए । माइक्रोफाइनान्सको सम्बर्धनका लागि सरकारले बजेटमा पनि सम्बोधन गरिदिनुपर्ने बताए । (भिडियो)

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१