बजेटमा बा र आमाको चिन्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ । त्यस्तै मन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बीमाको दायरा बढाउने लगायतका कार्यक्रमलाई निरन्तरता घोषणा गरेका छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१