सहकारीको समाचार लुकाइदिने रवि लामिछानेको आग्रह नमान्दा अध्यक्ष सिरोहिया पक्राउ परे : सम्भव सिरोहिया (भिडियो)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले बताएका छन् ।

उनले शुक्रवार सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै उक्त कुरा बताएका हुन् । सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गर्दा नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनले बताए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता प्रकरणमा गत जेठ ८ गते पक्राउ परेका थिए ।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१