• २०८३ असार १५
  • 2026 June 29, Monday

कामु लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन सांसदको आग्रह

  • २०८१ असार ११, मङ्गलबार १२:२३

काठमाडौं । प्रतिनिधि सभा सदस्य रञ्जु कुमारी झाले कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै मुख्यसचिव पदमा नियुक्त गर्न आग्रह गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोलेकी सांसद झाले अब महिलालाई देशको ब्युरोकेसीको उच्च पदमा लाने समय आएको बताइन् । उनले सरकारसँग गड्तौलालाई नै मुख्यसचिव बनाउन आग्रह गरेकी हुन् ।

‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपतिको रुपमा महिलालाई देख्यौं, सभामुखको रुपमा महिलालाई देख्यौं, प्रधानन्यायाधीशको रुपमा महिलालाई देख्यौं अब पालो छ मुख्य सचिवको ।’ उनले थप भनिन्, ‘ब्युरोक्रेसीको हेडको रुपमा जुन कामु महिला जानुभएको छ, उहाँलाई नै मुख्यसचिव बनाउन म सरकारलाई आग्रह गर्छु ।’

उनले महिला मुख्य सचिव नियुक्त भए निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याल जस्तो भ्रष्टाचार प्रकरणमा उनी नफस्ने विस्वास समेत व्यक्त गरिन ।आइतबार विशेष अदालतमा अख्तियारले मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सरकारले सोमबार कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै जिम्मेवारी दिएको थियो ।

यस्तै, निलम्बित अर्याललाई भने राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी सरकारले सरुवा गर्ने निणर्य गरेको थियो ।

  • २०८१ असार ११, मङ्गलबार १२:२३