+२ पढ्ने विद्यार्थीलाई सान कलेजमा ५०% देखि ६०% सम्म छात्रवृति

काठमाडौं । काठमाडौको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेजले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुका ५० प्रतिशतदेखि ६० प्रतिशत छात्रवृतिको व्यवस्था गरेको छ ।

आधुनिक शिक्षाका विभिन्न आयामलाई अवलम्बन गरेको सान कलेजले विहिवार राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईईमा ‘ए प्लस’ ग्रेडदेखि ‘बि प्लस’ ग्रेड ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुका लागि छात्रवृतिको व्यवस्था गरेको सान इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक आशिक सिंह ठकुरीले बताएका छन् ।

कार्यक्रम संयोजक ठकुरीका अनुसार, ‘‘एसईईमा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई भर्ना शुल्क र बार्षिक शुल्क दुवै छुट गरिने व्यवस्था छ। यस्तै ‘ए’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई भर्ना शुल्कमा ७५ प्रतिशत र बार्षिक शुल्कमा २५ प्रतिशत, ‘बि प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुले भर्ना शुल्कमा ५० प्रतिशत र ‘बि’ ग्रेड ल्याउने विद्यार्थीहरुले भर्ना शुल्कमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।’’

राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई परिक्षामा राम्रो ग्रेड ल्याएर उत्तिर्ण भएका विद्यार्थीहरुले कक्षा ११ मा पनि राम्रो ग्रेड ल्याएर उत्तिर्ण गर्यो भने कक्षा १२ मा अध्ययन गर्दा लाग्ने सबै शुल्क छुट गरिने प्रावधान रहेको उनले बताए ।

यस्तै सान कलेजले लिने मासिक आन्तरिक परिक्षामा प्रथम हुने विद्यार्थीलाई एक महिनाको शुल्क छुट गरिने व्यवस्था गरेको छ ।

समानता र समतामा सधै विश्वास गर्ने सान कलेजले आर्थिक अवस्था कमजोर भएका गरिब जेहेन्दार विद्यार्थीहरुको आवश्यकता अनुसार भर्ना शुल्क र बार्षिक शुल्कमा छुट गरि उचित स्थान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१