• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

  • २०८१ असार १७, सोमबार १०:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।

यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।

  • २०८१ असार १७, सोमबार १०:४४