अभिभावक र विद्यार्थीको सहभागितामा सान कलेजमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सान इन्टरनेशनल कलेज र लाइन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगले संयुक्त रुपमा क्यान्सर सचेतना कार्यक्रम गरेका छन् । जनसमुदाय र सान कलेजका विद्यार्थीहरुको जनचेतनाका लागि क्यान्सर सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सान कलेजका विद्यार्थी र चन्द्रागिरी नगरपालिकाका स्थानीय बासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम निकै रोचक भएको सान इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक आशिक सिंह ठकुरीले बताए ।

कार्यक्रमको अन्त्यतिर निकै उत्साहका साथ क्यान्सर सम्बन्धि डा.अजय कुमार झा र विद्यार्थीहरुबीच प्रश्नोउत्तरी कार्यक्रम गरिएको थियो । जसमा विद्यार्थीहरुले आफ्ना मनमा उब्जिएका जिज्ञासाहरु अर्थात प्रश्नहरु डा. झालाई सोधेका थिए । त्यसपछि विद्यार्थीहरुले सोधेका उक्त जिज्ञासाहरुलाई डा. शाहले स्पष्टिकरणका साथ जवाफ दिएका थिए ।

हाल सान कलेज नैकापमा सरेको र विशेष छुटका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको कार्यक्रम संयोजक ठकुरीले बताए ।

सान कलेजका अध्यक्ष डा. सुवास घिमिरे र सर्भिस कमिटि सदस्य राज कुमार खरेलको प्रमुख उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्यान्सर विशेषज्ञ डा. अजित कुमार झाले गरेका थिए ।

तस्बिरहरु

   

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१