• २०८३ साउन २
  • 2026 July 18, Saturday

विमान दुर्घटना अपडेट : जहाजमा सवार क्याप्टेन बाहेक १८ जनाको मृत्यु

  • २०८१ साउन ९, बुधबार १३:०९

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्स ९ एन–एएमई (सीआरजे २००) को जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १८ जनाको मृत्यु, भएको छ । सौर्य ९ एन–एएमई जहाजका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि अस्पताल लगिएको छ

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । उनका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल  पठाइएको छ । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्राविधिक चेकजाँचका गर्न काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो ।

 

  • २०८१ साउन ९, बुधबार १३:०९