• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी

  • २०८१ साउन २१, सोमबार ११:०८

काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो ।

सबैभन्दा बढीे ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

  • २०८१ साउन २१, सोमबार ११:०८