आठ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए

काठमाडौं । पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् ।

विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् । सोही क्रममा उनले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए ।

उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो। यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुशी लागेको छ ।’

यसको साथै, उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१