
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भाद्र ११ गतेदेखि काठमाडौंमा नाडा अटो शो २०२४ आयोजना हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडाले भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो आयोजना गरिएको बताए ।
आयोजकका अनुसार उक्त शोमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरु १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने छ ।
त्यस्तै कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने र ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधान दिने नाडा अटो शो २०२४ समितिका कार्यबहाक संयोजक अनुप कुमार बरालले बताए।
शो लाई व्यवस्थीत र भव्य बनाउन ट्राफिक प्रहरीसंग समन्वय गरिएको उनले बताए । नाडा अटो शोको ७५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।