यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काडमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बिहीबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१