होस्टल व्यवसायी संघ बुद्धनगरको संयोजकमा यज्ञराज नेपाल

काठमाडौं । होस्टल व्यवसायी संघले बिहीबार सात सदस्यीय बुद्धनगर क्षेत्रीय समिति गठन गरेकाे छ ।

क्षेत्रीय समितिको संयोजकमा यज्ञराज नेपाल चयन भएका छन् । त्यसैगरी उपसंयोजकमा ध्रुव प्रसाद कँडेल, सचिवमा मेनुका अधिकारी र कोषाध्यक्षमा मनिषकुमार साह चयन भएको संघले जनाएको छ ।

समितिको सदस्यमा गोपाल भण्डारी, ममता अर्याल र कमल छतकुली चुनिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१