सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भैइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१