शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासीले गरे आन्दोलन

काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन् ।

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारवाही गर,गैरकानुनी तरिकाले बरखास्त चिकित्सकहरुलाई अविलम्ब पुनरबहाली गर,मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारू गरि व्यवस्थित गर,सबै प्रकारका अस्पताल भित्र हुने सामाजिक उत्पिडन बन्द गर ,कर्मचारीहरूको रोकिएको तलव सुविधा तुरुन्तै भुक्तानि गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए।

आन्दोलनमा सहभागी जनक शर्मा लामिछानेले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएतापनि मृगौला सम्बन्धी बाहेक अरु सेवाबाट बञ्चीत हुनु परेको गुनासो गरे । सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको,उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने, ‘सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको रहेछ । जसमा मृर्गैला रोग,मुटु रोग,फोक्सो लगायतका महत्वपुर्ण प्रत्यारोपण गर्ने लगायत सम्पुर्ण उपचार गर्ने सुविधा दिएको छ । त्यसको लागि आवश्यक श्रोत र साधन उपलब्ध पनि रहेछ । तर अहिलेसम्म मृर्गाैलाको मात्रै भएको अरु सबै सेवा सञ्चालन नभएको देखियो । सरकारबाट पाउने सेवा सुविधा खर्च भएको । उपकरण र जनशक्ति पनि उपलब्ध छन् तर सबै हुँदा पनि काम भएर त्यसैले सेवा सञ्चालन गर्न आवाज उठाउँन हामी बाध्य भयौं । ’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१