‘कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा ’

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरुले बसेर समाधान गरौं । क्षेत्रधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरु आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्दै लैजानुपर्दछ । ’

साथै उनले कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरु मारमा पर्ने गरेको बताए । उनले नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरुलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट बञ्चित भएको हो कि ? यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए ।यस्तै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न नहुने बताए ।उनले भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१