• २०८३ साउन २
  • 2026 July 18, Saturday

सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ : सांसद सिंह

  • २०८१ भदौ ३०, आइतबार १७:१९

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्ब भन्दा बढी पैसा अपचलन.भएको बताएका छन् ।

आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन्।

उनले भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी पैसा अपचलन भएको छ, त्यो अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, बास्तबमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन, किनकी ३० वर्षदेखी यो देशमा शासन कांग्रेस र एमालेले गरिरहेको छ । त्यसैले यो सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनको लागि नयाँ सरकारमा समावेश गरेको हो । तर यसमा सर्वोच्च अदालतले न्यायीक छानबिन गर्न आवश्यक छ ।’

साथै उनले सहकारीका दोषिहरुलाई कारवाही गरिनुपर्ने बताए । उनले सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

  • २०८१ भदौ ३०, आइतबार १७:१९