छ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ ।

सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटर एक हजार नौ सय पाँच निर्धारण भएको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१