विश्वकप लिग २ : नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुदैँ

काठमाडौ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।
लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग भिड्र्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१