सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ ।आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१