प्रहरी महानिरीक्षक कुँवर ग्रीसतर्फ, राईलाई दैनिक कामकाजको जिम्मेवारी

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात मंगलबारदेखि असोज १० अर्थात बिहीबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुने छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाइ गरेका हुन् ।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१