दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो ।जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१