नेपाली सेनाको केटिएफटी जर्नल चौथो संस्करण तयार

काठमाडौं । नेपाली सेनाले विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरेको छ ।

बिहीबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो केटिएफटी जर्नल चौथो संस्करणको उद्घाटन गरेका हुन् ।कार्यक्रममा सेनाका उपरथी कमल विक्रम शाहले केटिएफटी जर्नल चौथो संस्करणमा २२ वटा उत्कृष्ट अनुसन्धानात्मक र जानकारीमुलक लेख रचनाहरु समावेश गरि प्रकाशनमा ल्याइएको बताए।

उनले भने, ‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवम रणनीतिक महत्वको उच्च प्राथमिकता प्राप्त काठमाडौं तराई मधेश दु्रतमार्ग सडक आयोजना सम्बन्धमा हालसम्मका गतिविधीहरु तथा सम्बन्धित अन्य विषयहरुलाई समेटी आम नागरिक जगतमा यस दु्रतमार्ग परियोजना सम्बन्धमा सुशुचित गर्ने उदेश्य अनुरुप आयोजनाको वेबसाइट तथा विविध सञ्चार माध्यममा सूचना प्रकाशन गरि विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरिएको छ । ’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१