सान इन्टरनेसनल कलेजमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौ। सान इन्टरनेसनल कलेजमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम समापन भएको छ । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो कुशलता अनुसार गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए । दशैंमा महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको लिङ्गे पिङ र विभिन्न स्टलहरूले कार्यक्रममा थप आकर्षण थपेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि तथा सान इन्टरनेसनल कलेजका चेयरम्यान डाक्टर सुभाष घिमिरेले दशैंजस्तो चाडपर्वमा लामो बिदाले गर्दा फुर्सदिलो हुने भएकोले यो समयलाई सक्दो सदुपयोग गर्नुपर्ने सुझाव दिए। र यसको लागि विद्यार्थीहरुले आफूलाई विविध किसिमका रचनात्मक कार्यमा संलग्न गराउँदा प्रभावकारी हुने कुरा राखे । साथै घिमिरेले चाडपर्वमा संयमित भएर आहारव्यहार गर्दा रोगहरूबाट बच्न सकिने कुरा राखे ।

कार्यक्रममा सान इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले चाडपर्व संयमित तरिकाले मनाउनुपर्ने र विद्यार्थीहरूले फुर्सदको समयमा आफ्नो रुचिका विषयहरूमा अध्ययन अनुसन्धान गर्दा उनीहरूको सिर्जनात्मक पक्षको विकास हुने धारणा व्यक्त गरे सांस्कृतिक कार्यक्रम पश्चात् विद्यार्थीहरूले शिक्षक शिक्षिकाहरूबाट टिका ग्रहण गरेका थिए र दशैंका शुभकामना आदानप्रदान गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१