प्रसूति गृहमा मानसिक स्वास्थ्य सम्बन्धी ओपीडी सेवा सुरु

काठमाडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमा मानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका छन् ।उदघाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको बताए ।मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र नभइ नेपाली समाजलाई नै यसको परामर्सको आवश्यक रहेको उनको भनाइ छ।

उनले भने,‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको छौं । त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौं । यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो । यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन् नेपाली समाजलाई नै यसको काउन्सिलिङ आवश्यक छ ।’

सेवा सुरुवाताले गर्भवती महिलाहरुलाई धेरै राहत पुग्ने उनको भनाइ छ । उनले अस्पतालमा मानसिक सेवा सुरु गर्न जनशक्ति अपुग हुने कारण छात्रबृत्तिमा मानसिक स्वास्थय सम्बन्धि जनशक्तिलाईप्राथमिकतासाथ परोपकारमा पठाउन पहल गर्ने र उनीहरुलाई थप शसक्त बनाउने पनि प्रतिवद्धता जनाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१