• २०८३ असार १३
  • 2026 June 27, Saturday

संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

  • २०८१ मङ्सिर ४, मङ्गलबार १६:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया : विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनपर्ने काम नभएको बताए ।उनले भने, ‘मैले तपाईहरुको अगाडि माफि माग्नुपर्छ, म र म जस्तै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण अहिले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा काम भइरहेको छैन् । स्थानीयका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून वा प्रदेशका लागि आवश्यक कानून बन्दा पनि हस्तान्तरण भएका छैनन् ।

प्रदेश प्रहरीको व्यवस्था गरेका छौ तर जो प्रधानमन्त्री भएपनि त्यस्तो अधिकार दिदैँन् आफैसँग राख्न चाहन्छ ।’यस्तै, उनले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताए ।उनले भने, ‘संघीयताप्रति अलिकति ध्यान नगएको हो की जस्तो लागिरहेको छ । धेरै ऐनहरु बनेको छैन् । संघीयतालाई कार्यान्वयन गर्न महत्वपूर्ण ऐन नबन्दा पूर्णता प्राप्त गरेको छैन् । नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुन्छ तर यसको कार्यान्वयन हुन सकेको छैन् ।’यसको साथै, सामाजिक विभेदहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता महशुस भएर जनयुद्धको सुरुवात भएको पनि उनको भनाई छ ।

  • २०८१ मङ्सिर ४, मङ्गलबार १६:४१