पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१