
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य पस्किएको छ ।
टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो । काठमाडौंका लागि भिम सार्कीले ३१ रन, दान दातवाइटले २१ रन, स्टेफन इस्किन्जीले १३ रन र प्रतिक श्रेष्ठले २० रन प्रहार गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका साद विन जफरले ३ विकेट, रामाने सिमोण्ड र अभिशेष गौतमले २/२ विकेट, सूर्य तामाङ र विवेक यादवले समान १/१ विकेट लिए ।
बुधबार भएको पहिलो खेलमा सुदुरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको छ ।