लुम्बिनी लायन्सले पायो १२९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसौं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

शुक्रबारको पहिलो खेलमा टस जितेर लुम्बिनीले बलिङ गर्ने भएपछि कर्णालीले ब्याटिङको निम्तो पाएको थियो । २० ओभरको समाप्तिमा कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ४४ रन, अर्जुन घर्तिले २५ रन, बाबर हायतले २० रन र चाडविक वाल्टनले १३ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कर्णालीलाई १२८ रनमा रोक्न लुम्बिनीका विकास आग्रीले ३ विकेट, तिलक भण्डारीले २ विकेट, रेमोन सिमोण्ड, रोहित पौडेल र साद विन जफरले समान १,१ विकेट लिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१