
काठमाडौं । जनकपुर बोल्ड्सलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिगको प्ले अफनजिक पुगेको छ । शनिबार भएको खेलमा चितवनले ३२ रनको जित हासिल गरेको हो ।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका जिम्मी निसमले सर्वाधिक ६५ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका उनले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनको १८ बलमै अर्धशतक पूरा गरेका थिए ।
तर, अन्य ब्याटर चल्न नसक्दा जनकपुरले लिगमा दोस्रो हार बेहोर्न पर्यो। यसअघि सुदूरपश्चिमसँग जनकपुर ७२ रनले पराजित भएको थियो ।
चितवनको जितसँगै छैटाैँ स्थानको विराटनगर किङ्स र सातौँ स्थानको पोखरा एभेन्जर्स लिगचरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब चितवनको यात्रा काठमाडौं गुर्खाज र विराटनगरबीचको खेलले निर्धारण गर्नेछ ।