पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।

टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ।

सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे। सइफ जइब ९ रन, विनोद भण्डारी १४ रन, ब्रान्डन माक्मलेन २३ रन, हरमित सिंहले १३ रन, दीपेन्द्रसिंह ऐरीले २० रन र इशान पाण्डेले १० रन बनाए ।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १,१ विकेट लिए।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१