चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो । कर्णालीका जयकिशन कोशिल्वाले सर्वाधिक ५३ रन, विलियम बोसिस्टाेले ५२ रन र चाडविक वाल्टनले ४६ रन बनाए । जिसन मस्कूदले १४ रन र देव खनालले ३ रन बनाए भने गुलशन झा र रित गौतम डक आउट भए ।

टस जितेर बलिङ गरेको चितवनका लागि सइल तन्विरले २ विकेट र सरद भेस्वाकर, रवि बोपरा र कुशल मल्लले समान १,१ विकेट लिए ।

दुवै टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । खेल जित्ने टोली अर्को राउण्डमा प्रतिस्पर्धा गर्ने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१