पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन् ।सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन उनी मोरक्को गएका हुन् ।

डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुन गइरहेको सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन मोरक्को गएका उनको सचिवालयले जनाएको छ ।

सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१