निर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई पत्रकार मञ्चको सम्मान

काठमाडौं । नेपाल पत्रकार मञ्चमा आबद्ध भइ नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई सम्मान गरिएको छ ।

आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै मञ्चले निर्वाचित मञ्चका सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।सम्मान कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष युवराज विद्रोहीले निर्वाचित सदस्यहरुले हरेक व्यक्तिको लागि न्याय गर्नुपर्ने बताएका छन् । उनले हरेक सदस्यहरुले पत्रकारको हकहितका लागि राम्रो काम गर्दै जानुपर्ने बताए ।उनले भने, ‘बाटोमा हिँड्दाखेरी ठक्कर धेरै नै खाइन्छ । लागेको ठक्करबाट नै हामीले बचेर हिड्नुपर्छ भनेर पाठ सिकाउँछ । तीन वर्ष अगाडि नराम्रो स्वाद भोगेका छौं । तर अहिले निर्वाचन भएर केही हलसम्म राहत पाएका छौं । तर चुनाव जितिसकेपछि मञ्चको मात्र सदस्य नभएर १० वटा एसोसिएट प्रदेशको नेतृत्वकर्ता हो ।

सदस्यहरुले कसैलाई पनि भेदभाव नगरी सामूहिक रुपमा न्याय गर्नुपर्ने छ । सदस्यहरुले पत्रकारहरुको हकहितका लागि राम्रो काम गर्दै जानुपर्छ ।’साथै उनले पत्रकार महासंघ सबै पत्रकारको मन्दिर भएको बताए । उनले मन्दिर जस्तो ठाउँमा पुगिसके पछि काखा र पाखा गर्न नहुने बताए ।कार्यक्रममा अग्रज पत्रकार अस्मिता भण्डारीले व्याप्त लैङ्गिक हिंसा, असमानताहरुलाई चिर्दै अगाडि बढ्नका लागि पत्रकारहरुको कलम सधैं बलियो रहनुपर्ने बताइन् ।साथै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्यले हामीहरुले गर्नुपर्ने धेरै चुनौतिहरु सामना गर्न अब अघि बढेको बताएका छन् । उनले अबको तीन वर्षको अवधिभर नेपाल पत्रकार मञ्चको मागनिर्देशन बमोजिम काम गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् । उनले भने, ‘म महासचिव हुँदा जे जति काम गरे आज अध्यक्ष हुँदा धेरै चुनौतिहरु थपेको छ । सबैभन्दा बढि काम गनुपर्ने छ । यहाँ अब पत्रकारको क्षेत्रमा धेरै काम हुन्छ । अबको तीन वर्षको समय अवधिमा नेपाल पत्रकार मञ्चले मागनिर्देशन गरे बमोजिम काम गर्ने समेत यतैबाट प्रतिबद्घता जनाउन चाहन्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१