सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१