६७ जना यात्रु बोकेको अजरबैजानको विमान काजकस्तानमा दुर्घटना

काठमाडाैं । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकस्तानमा दुर्घटनामा परेको छ ।

उक्त जहाज काजकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ । जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ ।

काजकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रुहरू बच्न सफल भएका छन् । त्यसमध्ये २२ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले बताएकाे समाचारमा जनाइएको छ ।

अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१