जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत

काठमाडौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् ।

मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ ।

त्यस्तै भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१