होस्टल व्यवसायी संघ सामाखुसी, बसुन्धाराको संयोजकमा प्रकाश पौडेल 

काठमाडौं । होस्टल व्यवसायी संघले मंगलबार सात सदस्यीय सामाखुसी/बसुन्धारा क्षेत्रीय समिति गठन गरेकाे छ ।

क्षेत्रीय समितिको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् ।

त्यसैगरी उपसंयोजकमा लक्ष्मी ढकाल, सचिवमा नारायण शाही र कोषाध्यक्षमा सन्तराम लामा चयन भएको संघले जनाएको छ । समितिको सदस्यमा तुलसी खड्का,सबिता तिमल्सिना र ज्ञान सुनुवार चुनिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१