
काठमाडौं । भाइरल बालक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको हाे ।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा चर्चामा छन् । उनको निधन भएको पुष्टि अस्पतालले पनि गरेको छ । उनी १३ वर्षका थिए ।
मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।
बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।