लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

काठमाडौ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् ।

राकाथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उनको परिवारले जग्गा दान गरेका हुन् । मन्दिर निर्माणको लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । जग्गादातालाई लक्ष्मी–नारायण मन्दिर संरक्षण समितिले सम्मान गरेको छ ।

समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादातालाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अत्ति ठुलो मनका भएको बताए मानिसहरू सँग सम्पति भएर मात्र नहुने भन्दै उनले त्यसलाई खर्च गर्न सक्ने र त्यो पनि सही ठाउँमा खर्च गर्न सक्ने क्षमता पनि हुनु पर्नेमा जोड दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१